

-
जापान – आइतबार भएको जापानको तल्लो सदनको निर्वाचनबाट प्रधानमन्त्री सानाए ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टी९एलडिपी० ले ऐतिहासिक विजय हासिल गरेको छ।
यसअघि १९८ सिट भएको एलडिपीले यो निर्वाचनमा ३१६ सिट जितेको हो। ४६५ सिटको तल्लो सदनमा दुई तिहाईको लागि ३१० सिट आवश्यक पर्छ।
तर एलडिपी एक्लैले ३१६ सिट जितेको हो। एनडिपीसँग गठबन्धन गरेको जापान इनोभेसन पार्टीले ३६ सिट जितेको छ। योसँगै ताकाचीको सत्तारुढ गठबन्धनले ३५२ सिट जितेको छ।
जापानमा यो १९५५ मा एलडिपीको स्थापना भएदेखिकै रेकर्ड जित हो। १९८६ मा स्वर्गीय प्रधानमन्त्री यासुहिरो नाकासोनेले जितेको ३०० सिटको अघिल्लो रेकर्डलाई अहिले ताकाइचीले तोडेकी हुन्।
विपक्षी गठबन्धनको सिटमा भने भारी गिरावट आएको छ। विपक्षी सेन्टर रिफर्म कोलिसन ४९ सिटमात्रै प्राप्त गरेको छ। जबकी अघिल्लो निर्वाचनमा उसको १७२ सिट थियो। एलडिपी गठबन्धन सहित अन्य दलले ११३ सिट जितेको छ।
ताकाइचीले जनवरी २३ मा संसदको तल्लो सदन विघटन गर्दै १६ दिनभित्रैमा निर्वाचन गर्ने घोषणा गरेकी थिइन्। उनका मुख्य एजेण्डा संविधान संशोधन, बलियो सेना, खाद्यान्नमा लाग्दै आएको ८ प्रतिशत कर हटाउने लगायतका छन्।
News Desk 0 response आइतवार, माघ २६, २०८२
सम्बन्धित शीर्षकहरु
-
फेवाताल जग्गामा विवादमा परेपछि गृहमन्त्री गुरुङले दिए..
आइतवार, चैत्र २२, २०८२ -
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के..
आइतवार, चैत्र २२, २०८२ -
सरकारी कार्यालय आजदेखि बिहान ९ बजेदेखि खुल्यो
आइतवार, चैत्र २२, २०८२ -
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट : आज..
आइतवार, चैत्र २२, २०८२ -
संसद्को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश..
बुधबार, चैत्र १८, २०८२




