

-
डडेल्धुरा- नेपाली काँग्रेस (बि.पी.) का उप सभापति तथा सुदूरपश्चिम प्रदेशका पूर्व सांसद कर्ण बहादुर मल्लले आसन्न प्रतिनिधि सभाको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका नैन सिंह महरलाई सहयोग नगर्ने संकेत गरेका छन । नेपाली काँग्रेस (बि.पी) डडेल्धुराको किशुनजी भवनस्थित पार्टी कार्यालयमा मंगलबार र बुधबार बसेको जिल्ला कार्यसमिति बैठक र अगुवा कार्यकर्ता भेलाले “जनता जे भन्छ, विपी कांग्रेस त्यही गर्छ” भन्ने नारासहित जिल्लाव्यापी अन्तरसम्वाद अभियान सञ्चालन गर्ने निर्णय गराएका नेता मल्लले बिहिबार उग्रतारा मन्दिरको प्राङ्गणमा उक्त संकेत गरेका हुन ।
भदौ २३ र २४ गते भएको आन्दोलनमा उठाइएका मुद्धाहरुलाई हालको निर्वाचनले कुनै निकास दिन नसक्ने भएकाले बि.पी. काग्रेसले आसन्न निर्वाचनमा उम्मेदवारी नदिएको पनि उनले स्पस्ट पारेका छन ।
उनले बि.पी कांग्रेसले नेपाली काग्रेसको सभापति शेर बहादुर देउवा हुँदा नै पार्टि एकिकरणको सम्पुर्ण प्रक्रियाहरु अघाडी बढेकोमा विशेष महाधिवेशन पश्चात आएको नेतृत्वले त्यसलाई महत्व नदिएको बताए साथै सो बिचमा भएका घटनाक्रमहरुका बारेमा हालको डडेल्धुरा नेतृत्व र प्रतिनिधि सभाका उम्मेदवार जानकार रहेको बताउदै हाल डडेल्धुरामा हामिले वि.पी. काग्रेससंग एकिकरण गर्न चाहेता पनि कर्ण मल्लका कारण सम्भव नभएको भन्ने गलत प्रचारबाजी र झुटका खेती गरिराखेको बताएका छन ।
डडेल्धुराको सन्दर्भमा बोल्दै नेता मल्लले नेपाली काग्रेसका उम्मेदवारले टिकट लिने देखि हाल सम्म जिल्लाबासिहरुलाई गलत प्रचार गरिरहेको आरोप लगाएका छन । बिगत लामो समयदेखी शेर बहादुर देउवाको नाममा अनेक फाइदालिनेहरु आज उहाँकै बारेमा बिभिन्न टिप्पणी गदै आइरहेकोमा असोन्तोष जनाउदै त्यसो नगर्न आग्रह गरेका छन ।
गत प्रतिनिधिसभा निर्वाचन २०७९ मा मल्लले बि.पी. काग्रेस डडेल्धुराको तर्फबाट उम्मेदवारी दिदै ७ हजार ५३५ मत प्राप्त गरेका थिए।
News Desk 0 response बिहिबार, फाल्गुन ७, २०८२
सम्बन्धित शीर्षकहरु
-
फेवाताल जग्गामा विवादमा परेपछि गृहमन्त्री गुरुङले दिए..
आइतवार, चैत्र २२, २०८२ -
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के..
आइतवार, चैत्र २२, २०८२ -
सरकारी कार्यालय आजदेखि बिहान ९ बजेदेखि खुल्यो
आइतवार, चैत्र २२, २०८२ -
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट : आज..
आइतवार, चैत्र २२, २०८२ -
संसद्को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश..
बुधबार, चैत्र १८, २०८२




