

-
काठमाडौं – टुँडिखेलमा विशेष समारोह आयोजना गरेर प्रजातन्त्र दिवस मनाइएको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिद्धारा आयोजित कार्यक्रममा झाँकी, मार्च पास, नृत्य र साङ्गीतिक धुन प्रस्तुत गरिएको थियो ।
बिहीबार बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसहित सरकारी उच्च पदस्थ व्यक्तिको उपस्थितिमा दिवस मनाइएको हो । राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित समारोहमा सरिक भएका हुन । आयोजित समारोहमा सेनाले उनको सम्मानमा सलामी अर्पण गरेको थियो ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरु, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, उच्चपदस्थ सरकारी कर्मचारी र समाजका विभिन्न क्षेत्रका प्रतिष्ठितव्यक्तिहरुको सहभागिता रहेको थियो ।दिवसका अवसरमा आज सार्वजनिक बिदा दिइएको छ ।
शहीदहरू दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले हाँसाहाँसी जीवन उत्सर्ग गरेपछि जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भएको दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ ।
News Desk 0 response बुधबार, फाल्गुन ६, २०८२
सम्बन्धित शीर्षकहरु
-
फेवाताल जग्गामा विवादमा परेपछि गृहमन्त्री गुरुङले दिए..
आइतवार, चैत्र २२, २०८२ -
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के..
आइतवार, चैत्र २२, २०८२ -
सरकारी कार्यालय आजदेखि बिहान ९ बजेदेखि खुल्यो
आइतवार, चैत्र २२, २०८२ -
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट : आज..
आइतवार, चैत्र २२, २०८२ -
संसद्को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश..
बुधबार, चैत्र १८, २०८२




