

-
काठमाडौँ – वरिष्ठ अभिनेता सुनिल थापाको शव पोस्टमार्टम पनि गरिने भएको छ । परिवारले शवलाई अन्त्येष्टि अघि पोस्टमार्टम गर्नुपर्ने बताएपछि उनको शवको पोस्टमार्टम गरिने भएको हो ।
शव पोस्टमार्टमपछि मात्र अन्त्येष्टि गरिने परिवारको इच्छा रहेको कलाकार सङ्घमा अध्यक्ष मोहन निरौलाले बताए । ‘मुम्बईबाट परिवारका सदस्य हिजो (शनिबार) राति दश बजे आइपुग्नुभयो’, अध्यक्ष निरौलाले भने ‘परिवारले पोस्टमार्टम गर्नुपर्ने भनेकाले आज पहिले पोस्टमार्टम हुनेछ ।’
शनिबार बिहान हृदयाघातका कारण थापाथलीस्थित नर्भिक अस्पतालमा थापाको निधन भएको हो । शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए । उनले बलिउड र नेपाली गरेर ३ सय बढी फिल्म अभिनय गरेका छन् ।
नेपाली चलचित्रमा ‘खलनायक’को भूमिकालाई पनि नायक सरह चर्चा र सम्मान दिलाउन सफल थापा ‘राते काइँला’ को नामले चर्चित थिए । उनले यो परिचय फिल्म ‘चिनो’ अभिनयबाट बनाएका थिए । थापा नेपाल एक्लै बस्दै आएका थिए भने परिवारका अन्य सदस्यहरू भारतको मुम्बई बस्छन् ।
News Desk 0 response शनिबार, माघ २५, २०८२
सम्बन्धित शीर्षकहरु
-
फेवाताल जग्गामा विवादमा परेपछि गृहमन्त्री गुरुङले दिए..
आइतवार, चैत्र २२, २०८२ -
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के..
आइतवार, चैत्र २२, २०८२ -
सरकारी कार्यालय आजदेखि बिहान ९ बजेदेखि खुल्यो
आइतवार, चैत्र २२, २०८२ -
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट : आज..
आइतवार, चैत्र २२, २०८२ -
संसद्को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश..
बुधबार, चैत्र १८, २०८२




