• काठमाडौं – नेपाली समाजमा केही बर्ष यता देखि नेपाली राजनितिज्ञहरुको सम्पतिका बारेमा अनेकौ टिप्पणीहरु आइरहेका छन । काँग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा र उहाँको धर्मपत्नी पूर्व परराष्ट्र मन्त्री तथा समाजसेवी डा. आरजु राणा देउवाको सम्पतीका स्रोतहरुको बारेमा अनेकन समाचारहरु आउने गरेका छन । हालैका दिनमा पनि देउवा दम्पतीको सम्पतीका बारेमा समाचारहरु आइरहदा देउवा दम्पतीको स्रोतहरुका बारेमा केही तथ्यहरु यहाँ प्रस्तुत गर्न मुनासिव रहेको छ जसले देउवा दम्पतीको सम्पतिहरुको बारेमा यथार्थ जानकारी आम नागरिकहरुले पाउनेछन ।

    डा. आरजु राणा देउवा तथा उहाँका छोरा जयवीरसिंह देउवाको नाममा बर्दिया जिल्लामा रहेको जग्गा डा. आरजुलाई उनका बुबा बिनोद शम्शेर जंग बहादुर राणाले ६ विगाह अर्थात झण्डै ८० रोपनी जमिन विहेमा दाइजो स्वरुप दिएका थिए । डा. आरजुले आफुलाई दाइजो बाट प्राप्त भएको जग्गाबाटै छोरा जयवीरसिह देउवालाई ३ बिगाह अर्थात ४० रोपनी जमिन २०७५ सालमा बकसपत्र गरिदिएकी हुन अर्थात यो जग्गा कुनै सार्वजनिक पदमा पुगेपछि नयाँ खरिद नगरिकन डा. आरजुलाई दाईजोबाट प्राप्त भएको जग्गा हो जसलाई आफ्नो छोराका नाममा वकपत्र मात्र गरिएको हो । स्मरण रहोस डा. आरजु, राणा प्रधानमन्त्री श्री ३ जुद्द शम्शेर जबराकी नातिनी हुन ।

    डा. आरजुले मनोविज्ञानमा विद्यावारिधी गरेकी छन । उनले २०४५ सालदेखि २०६४ सालसम्म करिब २० बर्ष विभिन्न अन्तराष्ट्रिय गैरसरकारी संस्था तथा विकास नियोगहरु परामर्शदाताको रुपमा कामहरु गरेकी थिईन । शेर बहादुर देउवा पटक पटक प्रधानमन्त्री हुँदा पनि उनले नेपालको ग्रामीण क्षेत्र विशेषगरि महिलाहरुको क्षेत्रमा निरन्तर सक्रिय रहेर कार्य गरेकी थिइन ।

    सो समयमा उनले डेनिस सहयोग नियोग डानिडा, अमेरिकन सहयोग नियोग युएसए आईडी, वुमेन काईन्ड, इसिमोड, आइयुसिएन, डिएफआइडी, द एसिया फाण्डेशन, युएन डी पी, युनिसेफ, आईपीपीएफ इन्टरनेस्नल, केयर, सेभ द चिल्ड्रेन, राष्ट्रिय योजना आयोग, गरिबी निवारण कोष, महिला तथा बालबालिका मन्त्रालय, वन मन्त्रालय, युनिफेम (हालको यु एन उमन), रुडुक, साथी लगायत दुई दर्जनभन्दा बढि संस्थाहरुमा परामर्शदाताको रुपमा काम गरेकी थिईन । यि सबै संस्थामा राम्रो पारिश्रमिक पाउने गरि नेपाली परामर्शदातामा डा। आरजुले काम थिईन । साथै उनले लामो समय सम्म IUCN, IPAS / Global White Ribbon Alliance हरुको बोर्डमा रही अन्तरास्ट्रिय स्तरमा पनि काम गरेकी थिईन । त्यति बेलै उनी काठमाडौं कलेज आफ म्यानेजमेन्टको संस्थापक वोर्ड डाइरेक्टर पनि थिईन ।

    यी विभिन्न संस्थामा काम गर्दा कमाएको रकमबाट २०५२ सालमा डडेलधुराको अमरगढीमा १३ रोपनी बाँजो जग्गा ४ लाख रुपैयामा खरिद गरेकी थिईन । जुन जग्गामा अहिले पनि बाझो र जंगल रहेको छ । साथै डा. देउवालाई मकवानपुरको औद्योगिक क्षेत्रमा पुर्खेउली दाईजोका रुपमा १० धुर जग्गा प्राप्त भएको थियो सोही जग्गा २०६७ सालमा विक्रि गरेर मकवानपुरमै २ कट्ठा जमिन खरिद गरिएको हो ।

    डा. आरजुले विवाह अगाडीनै भक्तपुरको सिपडोलमा ४ रोपनी जमिन खरिद गरेकी थिईन । सो बेला उनले क्यानाडियन कोओपरेशन कार्यालयमा काम गर्दा जम्मा भएको रकमबाट सिपडोलमा उक्त जमिन खरिद गरेकी हुन् ।

    विभिन्न संस्थामा काम गर्दा जम्मा भएको रकमबाट उनले २०६५ सालमा कास्कीको ग्यार्जातीमा २ रोपनी जग्गा खरिद गरेकी थिईन । साथै सोही रकमबाट २०५४ सालमा टिकापुरमा ३ कठ्ठा २ धुर जमिन ५० हजार रुपैयामा खरिद गरेकी थिईन ।

    बुढानिलकण्ठमा हाल घर रहेको ६ रोपनी जग्गामध्ये ४ रोपनी दाईजोको रुपमा आएको सम्पतीहरुबाट खरिद गरिएको हो भने २ रोपनी स्वआर्जनबाट २०५० सालमा खरिद गरिएको हो । सोही जग्गामा बनेको घर जेनजी आन्दोलनमा जलाइएर ध्वस्त बनाइएको थियो । बुढानिलकण्ठको घर भएको जमिनकै ६ रोपनी जग्गाबाट २ रोपनी जग्गा कित्ताकाट गरेर छोरा जयविरसिह देउवाको नाममा नामसारी गरिएको हो । कतिपयले यसलाई नै नयाँ जमिन किनेको भनेर प्रचार गरेका छन्, जुन अहिले जग्गाबाट छोराको नाममा २०७६ सालमा नामसारि मात्रै गरिएको हो । सोही जग्गालाई बैकमा राखेर जयविरले व्यापार गर्न ऋण लिएको देखिएको छ ।

    धनगढीमा रहेको घर बैक ऋणबाट खरिद गरिएको हो । जेनजी आन्दोलनमा जलाएर ध्वस्त बनाएपछि त्यसकै विमाबाट प्राप्त भएको रकमले बैकको किस्ता सकिएको छ ।

    २०२८ साल तिर खरिद गरेको कन्चनपुरमा रहेको पुर्खेउली कृषि योग्य जमिनबाट शेर बहादुर देउवाको हिस्सा लाग्ने करिब १३।३१ रोपनी जमिन २०८१ सालमा जयविरको नाममा नामसारी भएको थियो । यसलाई पनि कतिपयले नयाँ जमिन खरिद गरेको भनेर गलत प्रचार गरेका छन् ।

    जयवीरले २०७७ सालमा कास्कीको ढिकुरपोखरीमा १२ रोपनी जमिन ५-६ लाख रुपैया प्रति रोपनीमा आफ्नो व्यापार र money inherit बाट भएको आम्दानीबाट खरिद गरेका हुन् । उक्त जग्गा लेकसाइड बाट गाडीमा एक घण्टाको दुरीमा ढिकुरपोखरीको विकट गाउँमा रहेको छ । भविष्यमा कृषि तथा कटेज निर्माण गर्न सकिन्छ कि भन्ने उदेश्ये उक्त जग्गा खरिद गरिएको हो।

    यसो हिसाब गर्दा आरजुको नाममा जम्मा ४१.६४ रोपनी र जयविरका नाममा ६७.२४ रोपनी जमीन रहेको देखिन्छ । जमिन भएका कित्ताहरु जोड्दा धेरै जस्तो देखिए पनि कास्कीको विकट, डडेलधुराको पहाडमा जग्गा देखिएको छ जसको बजार भाउ खासै बढी देखिदैन । त्यसका साथै अधिकांश पर्खेउली तथा दाईजोमा र स्वआर्जनबाट विवाह अघि खरिद गरेको देखिएको हो। डा. आरजुले सार्वजनिक पदमा रहदा सम्पत्ति विवरण नियमित रुपमा बुझाउने गर्थिन जसमा यो सबै विवरणहरु उल्लेख भएको छ ।