• काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने तयारी गर्नुभएको छ ।बिहीबार साँझ भएको रास्वपा चार शीर्षनेताको छलफलमा चैत १३ मा प्रधानमन्त्रीको शपथ तय गरिएको जनाइएको छ।

    काठमाडौँको एक होटलमा बिहीबार अपरान्ह पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र उपसभापतिद्वय डीपी अर्याल एवम् डा.स्वर्णिम वाग्ले सरकार गठनको छलफलमा जुटेका हुन् ।छलफलमा चुनावी समीक्षा देखि नयाँ सरकार गठन र सुशासनको मुद्धाको सम्बोधन गर्ने खाकाबारे गृहकार्य भएको एक नेताले जानकारी दिनुभयो ।

    यसैगरी मन्त्रिमण्डल गठन,आकाङ्क्षीको व्यवस्थापन र पहिलो मन्त्रिपरिषद् बैठकको एजेण्डा लगायतका विषयमा पनि नेताहरू बीच छलफल भएको छ ।

    बिहीबार अपराह्न संघीय संसद् सचिवालयले नवननिर्वाचित सांसदको शपथ ग्रहण तय गरेको थियो। प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ दलसँगको छलफलपछि चैत १२ गते दिउँसो २ बजे नवनिर्वाचित सांसदको शपथ ग्रहण तय गरिएको हो।