

-
एजेन्सी – इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ नेता अली लारिजानीले इस्लामिक देशहरूको सरकारप्रति आलोचनात्मक पत्र सार्वजनिक गरेका छन्।
लारिजानीले “विश्वका मुसलमानहरू र इस्लामिक देशहरूको सरकार” लाई सम्बोधन गर्दै लेखेका छन् कि केही अपवाद बाहेक कुनै पनि इस्लामिक सरकारले इरानी जनतालाई सहयोग नगरेको बताएका छन्।
पत्रमा उनले प्रश्न गर्दै लेखेका छन्, “के तपाईंहरूलाई थाहा छ कि केही छिटपुट घटनाबाहेक कुनै पनि इस्लामिक सरकारले इरानी जनतालाई सहयोग गरेन?”
उनले थप आरोप लगाउँदै भनेका छन् कि केही देशहरूले इरानले आफ्ना देशमा रहेका अमेरिकी सैन्य अड्डाहरू लाई निशाना बनाएको भन्दै इरानलाई शत्रुका रूपमा चित्रित गरेका छन्।
लारिजानीले पत्रमा भनेका छन्, “के इरानले यो स्वीकार गर्नुपर्छ कि तपाईंका देशहरूमा रहेका अमेरिकी अड्डाबाट इरानमाथि आक्रमण होस्रु”
उनले इस्लामिक देशहरूलाई स्पष्ट सन्देश दिँदै लेखेका छन्, “इरान तपाईंहरूको सहयोगी हो र तपाईंमाथि प्रभुत्व जमाउने कुनै उद्देश्य छैन। तर अन्ततः तपाईंहरू कसको पक्षमा हुनुहुन्छ?”
News Desk 0 response सोमवार, चैत्र २, २०८२
सम्बन्धित शीर्षकहरु
-
फेवाताल जग्गामा विवादमा परेपछि गृहमन्त्री गुरुङले दिए..
आइतवार, चैत्र २२, २०८२ -
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के..
आइतवार, चैत्र २२, २०८२ -
सरकारी कार्यालय आजदेखि बिहान ९ बजेदेखि खुल्यो
आइतवार, चैत्र २२, २०८२ -
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट : आज..
आइतवार, चैत्र २२, २०८२ -
संसद्को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश..
बुधबार, चैत्र १८, २०८२




