

-
झापा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आफ्नो बाचापत्र सार्वजनिक गरेका छन्।
रास्वपाबाट झापा ५ मा उम्मेदवार रहेका शाहले आफ्नो बाचापत्र सार्वजनिक गरेका हुन्। उनले भूमि व्यवस्थापन गर्न १०० दिनमा आयोग बनाउने र एक हजार दिनमा समस्याको समाधान गर्ने बाचापत्रमा उल्लेख गरेका छन्।
‘झापा-५ का भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्यालाई न्यायोचित र दिगो समाधान गर्न रास्वपा सरकार गठन भएको १०० दिनमा आयोग, १००० दिनमा समाधान नीति अवलम्बन गरी अधिकार सम्पन्न आयोग मार्फत समयसीमाभित्र कार्य सम्पन्न गरिनेछ,’ शाहको बाचा पत्रमा उल्लेख छ। त्यस्तै बाँझो जमिन सदुपयोग गर्नका लागि उनले ‘ल्याण्ड बैंक’ को व्यवस्था गर्ने पनि उल्लेख गरेका छन्।
‘बाँझो जमिनको सदुपयोग सुनिश्चित गर्दै जग्गा चक्लाबन्दी तथा एकीकरण प्रवर्द्धनका लागि ल्याण्ड बैंकको व्यवस्था गरिनेछ,’ बाचामा उल्लेख छ, ‘ऐलानी जग्गा सम्बन्धित उचित व्यवस्था एवं नक्सांकन अभिलेख नभएका जमिनहरूको नापी नक्सा अभिलेखिकरण गर्ने कार्य सम्पन्न गरिनेछ।’
स्वास्थ्यसँग सम्बन्धमा उनले दमक अस्पताललाई पहिलो चरणमा ३०० शैयाको अस्पतालको रूपमा स्तरोन्नति गर्ने बाचा गरेका छन्।
विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शैयाको १० प्रतिशत छुट्याएर निस्शुल्क उपचार अनिवार्य रूपमा उपलब्ध गराउने कानुनी व्यवस्थालाई सशक्त रूपमा कार्यान्वयन गर्ने बाचापत्रमा उल्लेख गरिएको छ। उनले रास्वपाको वाचापत्र कार्यान्वयनको नेतृत्व गर्ने पनि बताएका छन्।
News Desk 0 response आइतवार, फाल्गुन १०, २०८२
सम्बन्धित शीर्षकहरु
-
फेवाताल जग्गामा विवादमा परेपछि गृहमन्त्री गुरुङले दिए..
आइतवार, चैत्र २२, २०८२ -
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के..
आइतवार, चैत्र २२, २०८२ -
सरकारी कार्यालय आजदेखि बिहान ९ बजेदेखि खुल्यो
आइतवार, चैत्र २२, २०८२ -
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट : आज..
आइतवार, चैत्र २२, २०८२ -
संसद्को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश..
बुधबार, चैत्र १८, २०८२




