

-
हेटौंडा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुली नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई सर्लाहीमा पार्टी सभापति गगन थापाले कांग्रेसमा स्वागत गरे । पराजुलीले आज बिहान मात्र रास्वपा मकवानपुर सभापति पद त्यागेका थिए । पार्टीमा काम गर्नेको भन्दा आर्थिक हैसियत हुनेहरुको बोलवाला भएको उनको आरोप थियो ।
कांग्रेस सभापति थापासँगको भेटपछि पराजुलीले पार्टी नेतृत्व शैलीमाथि प्रश्न उठाउँदै पार्टी परित्याग गरेको समाजिक सञ्जाल मार्फत घोषणा गरेका छन् । ‘समय क्रममा पार्टीभित्र देखिएका प्रवृत्तिहरूले मलाई गम्भीर रूपमा सोच्न बाध्य बनायो । हामीले जुन उद्देश्य, मूल्य र आदर्शका साथ पार्टीलाई बुझेका थियौं, व्यवहारमा त्यसको ठीक विपरीत अवस्था विकसित हुँदै गएको महसुस भयो,’ पराजुलीले भने, ‘सीमित व्यक्तिहरूको प्रभाव, चाकरीवाद, आलोचनालाई अस्वीकार गर्ने संस्कार तथा आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको अवस्थाले निराश बनायो ।’
आज रास्वपाले मकवानपुरको हेटौँडामा सभा गर्दैछ । सभामा पार्टी सभापति रवि लामिछानेले दिउँसो ४ बजे सम्बोधन गर्ने तालिका छ । पराजुली २०७९ सालमा नेपाली काग्रेस परित्याग गरि रास्वपा प्रवेश गरेका थिए । पराजुली नेपाली कांग्रेसका पुराना नेता हुन् । शालिन र भद्र स्वभावका उनले जिल्लाको पश्चिमी क्षेत्रमा राम्रो राजनीतिक छवि स्थापित गरेका छन् ।
News Desk 0 response आइतवार, फाल्गुन १०, २०८२
सम्बन्धित शीर्षकहरु
-
फेवाताल जग्गामा विवादमा परेपछि गृहमन्त्री गुरुङले दिए..
आइतवार, चैत्र २२, २०८२ -
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के..
आइतवार, चैत्र २२, २०८२ -
सरकारी कार्यालय आजदेखि बिहान ९ बजेदेखि खुल्यो
आइतवार, चैत्र २२, २०८२ -
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट : आज..
आइतवार, चैत्र २२, २०८२ -
संसद्को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश..
बुधबार, चैत्र १८, २०८२




