

-
काठमाडौं – निर्वाचन आयोगले दिएको समयसीमा अनुसार दलहरूले सोमबारदेखि चुनावी प्रचार प्रसार सुरु गरेका छन् । यही क्रममा पूर्वमन्त्री कुलमान घिसिङले पनि आफ्नो चुनावी प्रचार तीव्र पारेका छन् । घिसिङले काठमाडौँ ३ का विभिन्न क्षेत्रहरुमा समुह बनाएर भोट मागिरहेका छन ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष समेत रहेका घिसिङले काठमाडौँ ३ बाट उम्मेदवारी दिएका छन् । उनी यतिवेला घरदैलो कार्यक्रममा व्यस्त छन् ।
२१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले ४ देखि १८ फागुनसम्म चुनाव प्रचारप्रसार गर्न समय तोकेको छ ।
काठमाडौं ३ मा नेपाली काँग्रेसबाट रमेश अर्याल, नेकपा एमालेबाट रामेश्वर फुय्याल, रास्वपाबाट राजुनाथ पाण्डे, नेपाली कम्प्युनिष्ट पार्टिबाट निरज लामा सहित २२ जनाले उम्मेदवारी दिएका छन ।
आसन्न निर्वाचनमा कुल तीन हजार ४०६ जना उम्मेदवार प्रतिस्पर्धाको मैदानमा छन् । आयोगले उम्मेदवारहरूलाई चुनाव प्रचारका लागि बिहान ७ देखि साँझ ७ बजेसम्मको समयसीमा तोकेको छ ।
News Desk 0 response सोमवार, फाल्गुन ४, २०८२
सम्बन्धित शीर्षकहरु
-
फेवाताल जग्गामा विवादमा परेपछि गृहमन्त्री गुरुङले दिए..
आइतवार, चैत्र २२, २०८२ -
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के..
आइतवार, चैत्र २२, २०८२ -
सरकारी कार्यालय आजदेखि बिहान ९ बजेदेखि खुल्यो
आइतवार, चैत्र २२, २०८२ -
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट : आज..
आइतवार, चैत्र २२, २०८२ -
संसद्को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश..
बुधबार, चैत्र १८, २०८२




