

-
काठमाडौं – डडेल्धुरा जिल्लाबाट नेपाली काँग्रेका प्रतिनिधि सभाका उम्मेदवार नैन सिंह महरले आफ्नो प्रचार सामाग्रीमा पार्टि सभापति गगन थापाको फोटो राखेर प्रचार गर्न थालेका छन, यस अघि पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाको फोटो राखेका नैन सिंह महरले गगन थापाको फोटो राखेर व्यक्तिगत सामाजिक संञ्जालको म्यासेजमा तिब्र रुपमा पठाइएको छ । काँग्रेस डडेल्धुराका उम्मेदवार नैन सिंह महरलाई लाई शेर बहादुर देउवाले भेट नदिएको भन्ने समाचारहरु बाहिर आइरहेको बेला यस प्रकारको प्रचार सामाग्रीहरु बाहिरिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । केहि दिन अघि सम्म शेर बहादुर देउवाको फोटो राखेर प्रचार अभियान थालेका महरले अहिले सामाजिक संञ्जालका म्यासेज मार्फत गगन थापाको फोटो सहितको प्रचार गरिरहेको पाइएको छ ।
आफुलाई शेर बहादुर देउवाको उत्तराधिकारीको रुपमा प्रस्तुत गरिरहेका महरले डडेल्धुरा जिल्लामा आगामी निर्वाचनमा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाको इच्छा विपरित उम्मेदवार बनेको बन्ने खबरहरु आइरहेको बेला काँग्रेस कार्यकर्ता तथा आम मतदाताहरु शेर बहादुर देउवाको ईशारा कुरीरहेका छन । डडेल्धुरा जिल्लाको मतदाताहरुको मनोविज्ञानलाई हेर्दा पनि त्यहाँ शेर बहादुर देउवाले चाल्ने कदम निर्णायक हुने देखिएको छ ।
News Desk 0 response सोमवार, माघ २०, २०८२
सम्बन्धित शीर्षकहरु
-
फेवाताल जग्गामा विवादमा परेपछि गृहमन्त्री गुरुङले दिए..
आइतवार, चैत्र २२, २०८२ -
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के..
आइतवार, चैत्र २२, २०८२ -
सरकारी कार्यालय आजदेखि बिहान ९ बजेदेखि खुल्यो
आइतवार, चैत्र २२, २०८२ -
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट : आज..
आइतवार, चैत्र २२, २०८२ -
संसद्को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश..
बुधबार, चैत्र १८, २०८२




