

काठमाडौंको मेयर हुँदा महानगर राम्ररी चलाउन नसक्नेले देशको नेतृत्व गर्छु भन्नु हास्यास्पद : प्रभु साह
-
धनकुटा – आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले महानगरको जिम्मेवारी प्रभावकारी रूपमा सम्हाल्न नसक्ने व्यक्ति देशको नेतृत्व दाबी गर्नु स्वाभाविक रूपमा प्रश्नयोग्य हुने बताएका छन् ।
शनिबार धनकुटामा आयोजित पार्टीको निर्वाचन परिचालनसम्बन्धी कार्यक्रममा सम्बोधन गर्दै साहले देश परिवर्तन र सुधारको चरणमा रहेको भन्दै त्यसका लागि निर्वाचन नै मुख्य माध्यम भएको बताए । उनले निर्वाचन प्रक्रियामा अवरोध सिर्जना गर्ने वा वर्तमान सत्ता लम्ब्याउने कुनै पनि प्रयासलाई जनताले स्वीकार नगर्ने चेतावनी दिए ।
साहले केही चर्चित राजनीतिक पात्रहरूले देशलाई स्पष्ट दिशा दिन नसक्ने दाबी गर्दै ती पात्रहरू पहिले नै परीक्षण भइसकेको बताए । उनले नयाँ विकल्पको नाममा पुनः जनतालाई भ्रममा पार्ने प्रयास भइरहेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे ।
काठमाडौँ महानगरपालिकाको नेतृत्वको प्रसङ्ग उठाउँदै साहले पर्याप्त बजेट हुँदाहुँदै पनि अपेक्षित विकास र सेवा प्रवाह हुन नसकेको टिप्पणी गरे । महानगरको पुँजीगत खर्च सन्तोषजनक नभएको, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार देखिन नसकेको तथा करको तुलनामा सेवा कमजोर रहेको उनको भनाइ थियो ।
उनले महानगर नेतृत्वले जनतासँगको प्रत्यक्ष सम्बन्ध मजबुत बनाउन नसकेको भन्दै स्थानीय तहको नेतृत्व जनमुखी र जबाफदेही हुनुपर्नेमा जोड दिए ।
News Desk 0 response शनिबार, माघ १८, २०८२
सम्बन्धित शीर्षकहरु
-
फेवाताल जग्गामा विवादमा परेपछि गृहमन्त्री गुरुङले दिए..
आइतवार, चैत्र २२, २०८२ -
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के..
आइतवार, चैत्र २२, २०८२ -
सरकारी कार्यालय आजदेखि बिहान ९ बजेदेखि खुल्यो
आइतवार, चैत्र २२, २०८२ -
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट : आज..
आइतवार, चैत्र २२, २०८२ -
संसद्को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश..
बुधबार, चैत्र १८, २०८२




