

-

कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) का १५ संस्थापक नेताहरूले हाल उक्त पार्टीमा नरहेको बताएका छन्।
डा. विशाल भण्डारी, निर्देश सिलवाल, डा. अभिषेकराज सिंह, सञ्जीव भट्टराईसहित १५ जनाले सामूहिक रूपमा पार्टीमा नरहेको बताएका हुन्।
‘हामी उज्यालो नेपालका सदस्यहरू उज्यालो नेपाल पार्टीबाट अलग भएको घोषणा गर्दछौं। हामी तत्काल विचार, मूल्य र नागरिक सरोकारका आधारमा क्रियाशील रहनेछौं। यसलाई कुनै दलप्रति समर्थन वा विरोधका रूपमा नभई नागरिक चेतना र साझा हितको अभ्यासका रूपमा बुझिदिन अनुरोध गर्दछौं,’ उनले भनेका छन्।
यसरी अलग भएको बताउने केन्द्रीय नेतामा सुजन श्रेष्ठ, कुशुम घिमिरे, डा घनश्याम पाण्डे, क्षितिज भण्डारी, डा सागर ढकाल, नेत्र कार्की, विशाल गैरे, सरला लामिछाने, मीनराज आचार्य, रजिया बानु, देवेन्द्र श्रेष्ठ पनि छन्।
यसरी अलग हुनेमा केही विवेकशील साझा पृष्ठभूमि भएका पनि छन्। उनीहरूले सामूहिक रूपमा विज्ञप्ति जारी गरेर उक्त जानकारी दिएका हुन्।
News Desk 0 response शनिबार, माघ ११, २०८२
सम्बन्धित शीर्षकहरु
-
फेवाताल जग्गामा विवादमा परेपछि गृहमन्त्री गुरुङले दिए..
आइतवार, चैत्र २२, २०८२ -
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के..
आइतवार, चैत्र २२, २०८२ -
सरकारी कार्यालय आजदेखि बिहान ९ बजेदेखि खुल्यो
आइतवार, चैत्र २२, २०८२ -
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट : आज..
आइतवार, चैत्र २२, २०८२ -
संसद्को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश..
बुधबार, चैत्र १८, २०८२




